कास्कीका डिएसपी श्रवणकुमारको सरुवा, बसन्तकुमार आउँदै

पाेखरा | चैत ८, २०८०

कास्कीका डिएसपी श्रवणकुमारको सरुवा, बसन्तकुमार आउँदै

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकको सरुवा भएको छ । 


प्रहरी नायव उपरीक्षक विकको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, तनहुँमा सरुवा भएको हो । 


जिल्ला प्रहरी कार्यालय कास्कीको प्रवक्ता समेत रहेका विकसहित १ सय ४१ जना प्रहरी नायव उपरीक्षकको प्रहरी प्रधान कार्यालयले बुधबार सरुवा गरेको हो । 


प्रहरी नायव उपरीक्षक विकको सरुवा भएपछि कास्कीमा बसन्त कुमार शर्मा आउने भएका छन् । कर्णाली प्रहरी प्रहरी कार्यालय गम्भिर अपराध अनुसन्धान शाखा विरेन्द्रनगर सुर्खेतमा कार्यरत शर्माको जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएको हो । 


प्रहरी महानिरीक्षकको चैत ०७ गतेको निर्णयअनुसार मिति २०८० साल चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी  प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा उल्लेख छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्